दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग

दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग

— दिनेश बोहोरा, १७ बैशाख २०७७, धनगढी।

Daari Gang - Dhangadi - Help to Malaria Patient

दार्चुला, मालिकार्जुन गाउँपालिकाका गम्बु बादी १४ दिनको उपचार पछि आज डिस्चार्ज भइ घर फर्किएका छन्। लकडाउनको बेला अचानक बिरामी भएका उनलाई दार्चुलाबाट कालाजार भएकोले थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो । निम्न आर्थिक स्थिति भएका गम्बु बादी लकडाउनकै समयमा थप उपचारका लागि धनगढी पुग्न भने सहज थिएन । तर उनको अवस्था बुझेर स्थानीय सरकार मालिकार्जुन गाउँपालिकाले उनलाई धनगढी सम्म पुग्न एम्बुलेन्सको व्यवस्था गरिदिए पछि उनी थप उपचारका लागि धनगढी आए ।

उपचार चलिरहेककै थियो। केही दिनमै उनले ल्याएको पैसा पनि सकिन थाल्यो। औषधी किन्न समेत रकमको अभाव भएको कुरा दारी ग्याङ धनगढीका सदस्य सुरेश धामीसंग उनले सुनाए पछि; दारी ग्याङ धनगढीको सहकार्यमा दिपक फार्मेसीका संचालक दिपक भण्डारीले आवश्यक औषधि सहयोग गरे । दारी ग्याङको पहलमा नि:शुल्क औषधी र रगतको लागि धनगढी उपमहानगरपालिका र रक्तसञ्चार केन्द्र धनगढीबाट सहयोग जुट्यो । दारी ग्याङ धनगढीका शुभेच्छुक मालिकार्जुन गाउँपालिकाका मनकारी व्यक्ति महेश धामीबाट उपचार खर्चको लागि सहयोग स्वरुप पाँच हजार रुपैया प्राप्त भयो । जसले गर्दा कुरुवा र विरामीको सामान्य खाना र औषधी खर्च गर्नमा सहज भयो ।

१४ दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार पश्चात सेती प्रार्देशिक अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएको हो । मालिकार्जुन गाउँपालिका र श्याम सिंह सामान्तको सहकार्यमा सवारी साधनको व्यवस्था गरि मंगलबार नै उनलाइ धनगढी बाट दार्चुलाको पठाइएको छ ।

- दिनेश बोहोरा
- दिनेश बोहोरा दारी ग्याङ, धनगढी

More Articles