आमा प्रति समर्पित

— दिनेश बोहोरा, ११ बैशाख २०७७।

Mother Sketch

आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।

हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ। आमाको मुख हेर्ने दिनलाई मातातीर्थ औँसी, मातृदिवस आदि पनि भनिन्छ। यस दिन आफूलाई जन्म दिने आमालाई आफ्नो क्षमता अनुसारका मिठाई, फलफुल खुवाउनुका साथै उपहार दिएर आमालाइ सम्मान गर्ने चलन रहेको छ।

नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर एउटा जीवन दिने आमा वास्तवमै महान् छिन्। आमा सृष्टिकर्ता हुन् । आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले सन्तान लाई जन्म दिन्छिन। जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही हुँदैनन्। आमाको व्याख्या शब्दमा व्यक्त गर्न भन्दा पनि महसुस गर्न सहज हुन्छ। आमाको गरिमा वर्णनको लागि भावनात्मक एवं आत्मिक भाषाको आवश्यकता हुन्छ, किनभने आमा जगद्धात्री, जगतजननीको साकार स्वरूप हुन्। आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ। आमाविना सृष्टिको निरन्तरता सम्भव छैन। अतः सन्तानले आमाप्रति सधैं उदार रहनु असल सन्तानको धर्म हो।

कसैले पनि आमाको उपकाररूपी ऋण कसै गरी तिर्न समर्थ हुदैनन् तर पनि आमाप्रति सदैव हार्दिक श्रद्धा प्रकट गरेर, आमाको आज्ञापालन गरेर, आमाले देखाएको सत्कर्मको बाटोमा हिड्यौ भने केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ।

आमा पृथ्वी हुन् किन कि आमाले पृथ्वीझैं सहनशील, उदार भएर आफ्नो सन्तानको पालनपोषण तथा सुरक्षा गरेकी हुन्छिन्। जसरी आमाले आफ्नो सन्तानप्रति कुनै कारणबिना नै कुनै अपेक्षा नराखेर माया प्रदान गर्छिन् त्यो अरु व्यक्ति बाट सम्भव नै हुदैन। आमाप्रति सदैव अनुग्रहित रहनु सन्तानको पहिलो कर्तव्य हो। सृष्टिकर्ता आमाको सम्मान स्वरूप, अनुग्रह स्वरुप सन्तानले हरेक वर्ष मातातीर्थ औंसीका दिन आमाको मुख हेर्ने गर्छन्।

आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् भने आमा नहुनेहरू यस दिन कुनै तीर्थस्थलमा जान्छन् । पवित्र नदी, तलाउमा स्नान गरेपछि आपनी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्, श्राद्ध गर्छन्। नेपालमा यस दिन मातातीर्थ कुण्डमा जाने चलन पनि रहेको छ । यस दिन आमा नभएका व्यक्तिले मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास छ।

आमालाई खुसि पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख छ। रामायणमाको एउटा अंशमा भनिएको छ, ‘राम ले रावणको राज्य लंकामाथि विजय प्राप्त गरिसके पछि लक्ष्मणले रामसंग त्यहीँ लंकामा राज्य गरेर बस्न अनुरोध गरेका थिए तर रामले भाइ लक्ष्मण लाई सम्झाउँदै अस्वीकार गरे’ श्रीरामले भनेका छन् ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।’ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।’ यही वाणीले हामीलाई सधै आमाप्रतिको कर्तव्य सम्झना दिलाउँछ। आमाको छायाँ वा मातृचरणमा रहने सौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठूलो प्राप्ति हो। लोकोक्ति पनि छ अरूको लाख, आमाको काख अर्थात् सन्तानका लागि आमाजत्तिको माया प्रदान गर्ने अरू कोही हुँदैनन्।

हामी कुनै दुःख/कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं। आफ्नैअङ्गको कुनै भागमा चोट लाग्यो वा ठेस मात्र लाग्यो भने पनि ‘ऐया आमा’ भनिहाल्छौं। किनभने हाम्रो अचेतन मनमा पनि आमाले दर्‍हो डेरा जमाएकी छिन्। यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता एवं संरक्षण पाइरहेका हुन्छौ। त्यसैले शास्त्रले ‘मातृदेवो भवः।’ भनेर पिता, आचार्य एवं अतिथिभन्दा पहिले आमाको सम्मान गर्न सिकाएको छ। त्यसैले आमालाई कुनै पनि हालतमा श्रद्धा एवं सम्मान गर्न चुक्नुहुँदैन। आमाको अपमान गर्दा वा अपशब्द बोल्दा घोर पाप लाग्छ। बरू सन्तान खराब हुन सक्छन् तर माता कहिल्यै खराब हुँदैनन् भनेर शास्त्रमा ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।’ भनिएको छ।

अन्त्यमा आमा धर्ति हुन, जननि हुन आमा प्रति अनुदार भइ सत्कर्ममा लाग्नु नै आमाको खुसि हो। हरेक सन्तानले आमाको मुख हेर्ने दिनमा मात्रै होईन रहेक दिन नै आमालाई माया, प्रेम, स्नेह दिनु हामी सन्तानको जिम्मेवारी हो। यस विशेष दिनको अवसरमा सम्पूर्ण आमाहरु प्रति हार्दिक सम्मान प्रकट गर्दछु। सम्पूर्णमा मातातीर्थ औसीको शुभकामना।।।

- दिनेश बोहोरा
- दिनेश बोहोरा दारी ग्याङ, धनगढी

More Articles

  • Basanta Sahitya
  • Basanta Sahitya 1

बसन्तको दारी साहित्य

May 12th, 2020|0 Comments

मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा ।म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।

  • Bihe ma Daari Nakatne Manche
  • Ganesh pandey

विवाह र दारी मनाेभावना

May 7th, 2020|0 Comments

दारी पाल्ने रहर यस्ताे भयाे कि दारी नआएको गालामा ब्लेड पनि लगाईयाे । उमेरसङै बिस्तारै गाला भरी झपक्कै दारी पलाए । किन किन जस्ले जे भनेपनि दारी काट्न मनै गर्दैनथ्याे । कति भनाई सहे कति... घरमा त बेला बेलामा भन्थे नै, आफन्तले भेट्नै नहुने.. किन पाल्या याे दारी? कति लामाे दारी याे हाे ? किन पाल्या बाबु ?

  • lockdown
  • Lockdown Pokhara

लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!

April 28th, 2020|0 Comments

विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ।

  • Mother Sketch

“आमा प्रति समर्पित” – To All The Mothers

April 27th, 2020|0 Comments

आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।

  • Ishwor Pahari
  • Article Kahile Haar Namannu

आमा भन्नुहुन्छ : “कहिल्यै हार नखानु” | Mother says: “Never give up.”

April 27th, 2020|0 Comments

२०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।

  • Mero Daari Poem

कविता : “मेरा दारी”

April 26th, 2020|0 Comments

हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!