कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि

कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि

बसन्त पहारी, १८ बैशाख २०७७।

Stay Safe, Stay Home

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको छ जसको कारण आधाआधी विश्व लकडाउनमा छ। आजको तथ्यांकअनुसार विश्वभर करिब ३२ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन जसमध्ये २ लाख मानिसको मृत्यु भैसकेको छ। १० लाख मानिस निको भएर घर फर्किसकेका छन, जुन यो विषम घडिका बिचको सकारात्मक खबर हो। लकडाउनमा मानवताको उच्चतम प्रयोग गरि एकअर्काको सारथी बन्दै सुरक्षित बस्नुको अर्को विकल्प छैन। सरकार पुग्न नसकेका ठाउँमा विभिन्न संघसंस्था, व्यक्तित्वहरुले आफू सुरक्षित रहेर हरेक पाइलामा विवेक प्रयोग गर्दै मानविय सामाजिक दायित्त्व निभाइरहेका छन।

दारी ग्याङले पनि कोरोना प्रभावका बिच सुरक्षा नियम अपनाउँदै विभिन्न सामाजिक कार्य गरिरहेको छ। देशका विभिन्न ठाउँमा त्यहाँका आवश्यकता अनुसार दारी ग्याङ सकृय रूपमा सकारात्मक सन्देश दिन तत्पर छ।

पोखरा :

Daari Gang Pokhara - Corona Update

कोरोनाको प्रभावका कारण पोखरामा नियमित रक्तदान कार्यक्रम आयोजना नभएकाले रक्त व्यवस्थापनमा असहज भएपछी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको विशेष अनुरोध र संयोजनमा दारी ग्याङ पोखराले २०७६ फाल्गुन ३० गते महेन्द्रपुलमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा १३६ युनिट रगत संकलन भएको थियो।

चितवन :

Daari Gang Chitwan - Corona Update

कोरोना भाइरसको परिक्षणका लागि बिरामी सङ सम्पर्कमा नआइ स्वाब निकाल्न सकिने “कोरोना टेस्टिङ बूथ” कोरियाली प्रविधीमा आधारित रहेर दारी ग्याङ चितवनले निर्माण गरि २०७६ चैत २६ गते भरतपुर अस्पताल र भरतपुर अस्थायी कोरोना अस्पताललाई १-१ थान हस्तान्तरण गरेको थियो। विभिन्न व्यक्तित्व र संघसंस्थाको आर्थीक सहयोगमा करिब ६० हजारको लागतमा २ वटा कोरोना टेस्टिङ बुथ चार दिनमा निर्माण गरिएको हो। बुथ निर्माणमा दारी ग्याङ फत्तेपुरले रु.५,००० आर्थिक सहयोग गरेको थियो।

द.कोरिया :

Daari Gang South Kora - Corona Update

गैरआवासिय नेपाली संघको संयोजनमा कोरियामा बस्ने नेपालीहरु माझ सुरुवात गरिएको “एक व्यक्ती एक किट्स अभियान” लाई दारी ग्याङ कोरियाले १ लाख नेपाली रुपैया प्रदान गरेको थियो। अभियानबाट संकलित रु. १ करोड ४० लाख मध्य पहिलो चरणमा ६० लाख बराबरको ४,००० कोरोना परिक्षण किट्स, ४,००० RNA परिक्षण किट्स, ५०० थान पिपिइ सेट चैत अन्तिम साता नेपाल आएको र एनआरएनएका प्रतिनिधि मार्फत स्वास्थ्य मन्त्रालयलाइ हस्तान्तरण गरिएको थियो।

साथै, दारी ग्याङ कोरियाका सदस्यहरुले चितवनमा कोरोना टेस्टिङ बूथ निर्माणका लागि रु.१०,००० र हेटौंडामा राहत वितरणका लागि रु.१५,००० आर्थिक सहयोग पनि गरेका थिए।

हेटौँडा:

Daari Gang Hetauda - Corona Update

दारी ग्याङको फेसबुक ग्रुपमा स्वतस्फूर्त रुपमा सुरु गरिएको “एक लाइक एक रुपैयाँ सहयोग अभियान”बाट संकलित रकमले हेटौंडा उप म.न.पा. वडा नं ९ मा रहेका लकडाउनबाट प्रभावित १५ विपन्न परिवारलाइ २०७६ चैत्र २३ गते राहत(चामल, तेल, नुन, साबुन लगाएत घरायसी सामाग्री) वितरण गरिएको थियो।

बुटवल :

Daari Gang Butwal - Corona Update

लकडाउन अवधिमा दिनरात सुरक्षामा भोक निद्रा नभनी खट्नुहुने प्रहरी तथा सुरक्षाकर्मीलाई दारी ग्याङ बुटवलले २०७६ चैत्र २२ गते खाजा/नास्ताको व्यवस्थापन गरेको थियो। त्यस्तै, सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक मास्क र पन्जा पनि प्रदान गरेको थियो।

साथै, दारी ग्याङ बुटवलले २०७७ बैशाख १५ गते तिलोत्तमा नपा-१ मा वार्ड क्वारेन्टाइनमा बसिरहनुभएका सबैलाई केहि दिनलाइ पुग्ने गरि हरियो तरकारी वडाध्यक्ष मार्फत हस्तान्तरण गरेको थियो।

दाङ :

Daari Gang Daang - Corona Update

दारी ग्याङ दाङले रगत आपुर्तीको सहज व्यवस्थापनको लागि विभिन्न संघसंस्थाको सहकार्यमा चरणबद्ध रुपमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

साथै, लकडाउन अवधिभर सडकमा रहेका चौपाया/जनवारहरुलाई दारी ग्याङ दाङले सामाजिक व्यक्तित्व, उद्योग र रेस्टुरेन्टको संयोजनमा खाने कुरा वितरण गरिरहेको छ।

पश्चिम नवलपरासीमा बाहिरी जिल्लाबाट अध्ययनका लागि आउनुभएका विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न सामान तथा अरु कुनै समस्या भएमा दारी ग्याङ नवलपरासी समस्या समाधानका लागि तयारी रुपमा बसिरहेको छ।

गोरखा बजार क्षेत्र र डडेलधुराको अजयमेरुमा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक ब्यानर दारी ग्याङको सकृयतामा लकडाउन पुर्व नै राखिएको थियो।

लकडाउनमा अत्तिआवश्यक काम बाहेक घर बाहिर निस्कन नमिल्ने हुनाले देशभर नै नियमित रक्तदान कार्यक्रमहरु हुन सकेका छैनन। आकस्मिक रुपमा आउने बिरामीका लागि रगतको सहज आपुर्तीका लागि रक्तसञ्चार केन्द्र र रेडक्रसको सहकार्यमा रक्तदातालाई लिन जाने र ल्याउने सवारीसाधनको व्यवस्था पनि गरिएको छ। धनगढी, नवलपरासी, बुटवल, पोखरा, चितवन, धनुषा, सिन्धुली लगाएत देशका सम्पुर्ण ठाउँमा दारी ग्याङका युवा साथीहरु आकस्मिक रक्तदानका लागि जुझारु रुपमा लागिरहनु भएको छ।

-बसन्त पहारी
-बसन्त पहारी दारी ग्याङ

More Articles

  • Basanta Sahitya
  • Basanta Sahitya 1

बसन्तको दारी साहित्य

May 12th, 2020|0 Comments

मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा ।म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।

  • Bihe ma Daari Nakatne Manche
  • Ganesh pandey

विवाह र दारी मनाेभावना

May 7th, 2020|0 Comments

दारी पाल्ने रहर यस्ताे भयाे कि दारी नआएको गालामा ब्लेड पनि लगाईयाे । उमेरसङै बिस्तारै गाला भरी झपक्कै दारी पलाए । किन किन जस्ले जे भनेपनि दारी काट्न मनै गर्दैनथ्याे । कति भनाई सहे कति... घरमा त बेला बेलामा भन्थे नै, आफन्तले भेट्नै नहुने.. किन पाल्या याे दारी? कति लामाे दारी याे हाे ? किन पाल्या बाबु ?

  • lockdown
  • Lockdown Pokhara

लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!

April 28th, 2020|0 Comments

विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ।

  • Mother Sketch

“आमा प्रति समर्पित” – To All The Mothers

April 27th, 2020|0 Comments

आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।

  • Ishwor Pahari
  • Article Kahile Haar Namannu

आमा भन्नुहुन्छ : “कहिल्यै हार नखानु” | Mother says: “Never give up.”

April 27th, 2020|0 Comments

२०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।

  • Mero Daari Poem

कविता : “मेरा दारी”

April 26th, 2020|0 Comments

हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!