चैत्र २०७६ , धनगढी

Daari-gang-dhangadi

सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको दारी ग्याङ धनगढी यतिबेला रगत व्यबस्थापनमा सहजता प्रदान गरिरहेको छ। विश्वभर महामारिका रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरिरहेको बेला धनगढीमा रगतको अभाव देखिन थालेपछि दारी ग्याङ धनगढीले आकस्मिक रक्तदाताको व्यवस्थापन गरिरहेको हो । लकडाउनका क्रममा सामाजिक दुरी कायम राख्ने र अत्ती आवश्यक काम बाहेक घर बाहिर निस्कन नमिल्ने हुनाले नियमित रुपमा धनगढी वरपर रक्तदान कार्यक्रम हुनसकेका छैनन । यसकारण आकस्मिक रक्तदाता मार्फत रगत व्यवस्थापन गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए । साथै, उनले रक्तदातालाई घरबाट रक्तसन्चार केन्द्र सम्म आउन जानको लागी सवारीसाधनको व्यवस्था पनि गरिएको जानकारी दिए ।

Daari-gang-dhangadi

रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धारणी पन्तका अनुसार यतिबेला धनगढीमा अभाब रहेको छ ।उनले अरुबेला भन्दा लकडाउनको समयमा कम बिरामी अस्पतालमा उपचारका लागी आएपनि आकस्मिक रुपमा आउने बिरामीहरुको लागि रगत आवश्यक हुने गरेको र यसमा दारी ग्याङ धनगढीले रक्तदाता व्यवस्थापनमा सहयोग गर्दै आएको बताउँदै दारी ग्याङ धनगढी प्रती आभार व्यक्त पनि गरे । उनले रगत दिन चाहानेहरुले ९८४८४२००६४ मा फोन गर्न अथवा सिधै रक्तसन्चार केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेका छन् । आकस्मिक रक्तदानको सहज व्यवस्थापनको लागी दारी ग्याङ धनगढीले रक्तदाताहरुको तथ्याङ्क संकलन गर्ने, रक्तदाताहरुलाई उत्प्रेरणामूलक तालिम दिने, रक्त समुह वर्गिकरण गर्ने लगायतका कामहरु गर्दै आइरहेको छ ।

2411, 2021

Fashion for Cause – No Shave November

November 24th, 2021|

Fund Raising and Cancer Awareness campaign through 'Fashion For Cause' themed event with Bearded Ramp Walk with Daari Gang. This Saturday 27th November at Chhaya Center, Thamel. 02:00 PM onwards.

3004, 2020

दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग

April 30th, 2020|

दार्चुला, मालिकार्जुन गाउँपालिकाका गम्बु बादी १४ दिनको उपचार पछि आज डिस्चार्ज भइ घर फर्किएका छन्। लकडाउनको बेला अचानक बिरामी भएका उनलाई दार्चुलाबाट कालाजार भएकोले थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।

3004, 2020

कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि

April 30th, 2020|

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको छ जसको कारण आधाआधी विश्व लकडाउनमा छ। आजको तथ्यांकअनुसार विश्वभर करिब ३२ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन जसमध्ये २ लाख मानिसको मृत्यु भैसकेको छ।

1804, 2020

“रक्तदान मैत्री समाज आजको आवश्यकता”

April 18th, 2020|

स्कुले साथी सुमन । बोनम्यारोको समस्याले गर्दा; उसलाई संधैजसो सन्चो हुदैनथ्यो । पटकपटक रगत चढाई राख्नु पर्थ्यो। त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले मलाइ फोन गरेर भन्यो ‘मलाइ रगत चढाउनु पर्नेछ, रक्तसञ्चार केन्द्र आएको छु, ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको