बैशाख २०७६ ।

गैरआवाशिय नेपाली संघ , दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघसंस्था , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहयोगमा सुरु गरिएको “एक व्यक्ती एक किट्स” अभियानलाई दारी ग्याङ कोरियाले १ लाख नेपाली रुपैया (१० लाख कोरियन वन) सहयोग स्वरुप प्रदान गरेको छ।

Daari Gang Korea

दारी ग्याङ नेपालमा आइपर्ने साना ठूला संकटमा समाजको मलम बन्ने कोसिस सदैव गरिरहेको र हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण आफ्नो जन्मभुमी नेपाल पनि प्रभावित भएकाले उक्त प्रभावलाइ केही हदसम्म न्युनिकरण गर्ने हेतुले सहयोग संकलन गरि प्रदान गरिएको दारी ग्याङ कोरियाका संयोजक अनुरोध न्यौपानेले जानकारी दिए। उक्त अभियानबाट संकलित १४ करोड २६ लाख वन (अर्थात १ करोड ४० लाख नेपाली रुपैयाँ) मध्य पहिलो चरणमा करिब ६० लाख नेपाली रुपैया बराबरको ४००० कोरोना परिक्षण किट्स, ४००० RNA परिक्षण किट्स र ५०० थान पिपिइ सेट चैत अन्तिम साता नेपाल आइसकेको र एन आर एन ए , दक्षिण कोरियाका प्रतिनिधि मार्फत उक्त सामाग्रीहरु स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

Testing kit

दोस्रो र अन्तिम चरणमा नेपाल सरकारले चिनको ग्वान्जाउबाट चार्टर विमान मार्फत लैजाने मेडिकल उपकरणका साथमा अभियानको रकमबाट खरिद गरिने २००० गाउन पिपिइ सेट, १०००० एन 95 मास्क , २०००० सर्जिकल मास्क, २००० गगल्स, २००० प्रोटेक्टिङ भाइजर, १०००० ग्लोभ्स र ५०० सेट इन्फ्रारेड थर्ममिटर नेपाल आउनेछ। साथै, हेटौंडामा कोरोना लकडाउनका कारण प्रभावितलाई राहत वितरण गर्न दारी ग्याङ कोरियाका सदस्यहरु केशव लुइँटेल , रोशन सापकोटा र देउता पौडेलले संयुक्त रुपमा रु १५००० र चितवनमा कोरोना टेस्टिङ बुथ निर्माणका लागि अनुरोध न्यौपाने र ईश्वर भुसालले रु १०००० आर्थिक सहयोग गरेका छन। परदेशमा रहेर पनि मातृभुमिको सेवामा एक्यवद्धता जनाउनुहुने सम्पुर्ण सहयोगी हातहरुलाइ दारी ग्याङ कोरियाले धन्यवाद व्यक्त गरेको छ।

2411, 2021

Fashion for Cause – No Shave November

November 24th, 2021|

Fund Raising and Cancer Awareness campaign through 'Fashion For Cause' themed event with Bearded Ramp Walk with Daari Gang. This Saturday 27th November at Chhaya Center, Thamel. 02:00 PM onwards.

3004, 2020

दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग

April 30th, 2020|

दार्चुला, मालिकार्जुन गाउँपालिकाका गम्बु बादी १४ दिनको उपचार पछि आज डिस्चार्ज भइ घर फर्किएका छन्। लकडाउनको बेला अचानक बिरामी भएका उनलाई दार्चुलाबाट कालाजार भएकोले थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।

3004, 2020

कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि

April 30th, 2020|

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको छ जसको कारण आधाआधी विश्व लकडाउनमा छ। आजको तथ्यांकअनुसार विश्वभर करिब ३२ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन जसमध्ये २ लाख मानिसको मृत्यु भैसकेको छ।

Load More Posts