दारी ग्याङ चितवनद्वारा दुई अस्पताललाई ‘कोरोना टेस्टिङ बुथ’ हस्तान्तरण

-चैत २०७६, चितवन ।

Dari Gang - COVID-19 TestingBooth

कोरोना संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि चितवनमा २ वटा कोरोना टेष्टिङ बुथ निर्माण गरिएको छ। दारी ग्याङ चितवनद्वारा यो कोराना टेष्टिङ बुथ (Corona Testing Booth) अर्थात सुरक्षा कवच दक्षिण कोरियाले अपनाएको प्रविधिमा आधारित भएर निर्माण गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न ग्लोब वाल सिस्टम उपयोगी हुने भएकोले आँफुहरुले सुरक्षा कवच निर्माण गरेर अस्पताललाई सहयोग गरेको कवच निर्माणका परिकल्पनाकार ईञ्जिनियर सौगात पौडेलले बताउनुभयो। भित्र पोजेटिभ प्रेसर रहने सो बुथ सकेसम्म सुरक्षित हुने गरि निर्माण गरिएको उनले बताए । पौडेलका अनुसार ग्लोब वाल सिस्टम यसअघि नै विभिन्न ल्याबमा खतरनाक रसायन एवं अन्य विभिन्न परीक्षणमा प्रयोग भइरहेका छन् । कोरोना सन्त्रासका बेला कोरियाले कोरोना शंका गरिएका बिरामीको परीक्षण गर्न यो प्रविधि उपयोगमा ल्याएको हो ।

यसरी निर्माण गरिएको प्रविधिले बिरामीसँग प्रतक्ष्य सम्पर्क नराखी सिसाभित्रै बसेर परीक्षण गर्न सकिने दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बुथबाट पञ्जाको प्रयोग गरी बिरामीको परीक्षण गर्न सकिनेछ । एक पटक प्रयोग गर्दा परीक्षणका लागि प्रयोग भएको पञ्जा अर्को परीक्षणको लागि परिवर्तन गर्न सकिन्छ ।भरतपुर अस्पतालका अध्यक्ष एवं चितवन कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बुथलाई कोरोना भाइरस संक्रमण आशंका लागेका व्यक्तिको स्वाब संकलन तथा ज्वरोको क्लिनिकमा प्रयोग गरिने बताए । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बुथ सञ्चालनमा आएसँगै रोग नियन्त्रण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । अस्पताललाई कोरोना टेस्टिङ बुथ सहयोग गरेकोमा उनले युवाप्रति आभार व्यक्त गरे ।

दारी ग्याङ चितवनले बिरामीको परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाईरसको संक्रमण गर्न सक्ने सम्भावना हुने हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुथ निर्माण गरेको हो । ६० हजार रूपैयाँ लगानीमा चार दिन लगाएर निर्माण गरिएका २ वटा टेस्टिङ बुथ भरतपुर सरकारी अस्पताल र भरतपुर अस्थायी कोरोना अस्पताललाइ हस्तान्तरण गरिएको छ ।
दारी ग्याङका युवाहरु गोपाल अर्याल, कृष्ण शर्मा, कुशल शर्मा र बिश्वास पौडेलको बिशेष पहल तथा बिभिन्न व्यक्तीहरुको सहयोगमा कोरोना टेस्टिङ बुथ निर्माण गरेको दारी ग्याङ चितवनका संयोजक अधिकारीले बताउनुभयो । चितवनका युवाहरुको यो समूहले गालामा दारी काधमा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न सन्देशमुलक सामाजिक कार्यहरू गर्दै आएका छन् ।

2411, 2021

Fashion for Cause – No Shave November

November 24th, 2021|

Fund Raising and Cancer Awareness campaign through 'Fashion For Cause' themed event with Bearded Ramp Walk with Daari Gang. This Saturday 27th November at Chhaya Center, Thamel. 02:00 PM onwards.

3004, 2020

दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग

April 30th, 2020|

दार्चुला, मालिकार्जुन गाउँपालिकाका गम्बु बादी १४ दिनको उपचार पछि आज डिस्चार्ज भइ घर फर्किएका छन्। लकडाउनको बेला अचानक बिरामी भएका उनलाई दार्चुलाबाट कालाजार भएकोले थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।

3004, 2020

कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि

April 30th, 2020|

कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको छ जसको कारण आधाआधी विश्व लकडाउनमा छ। आजको तथ्यांकअनुसार विश्वभर करिब ३२ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन जसमध्ये २ लाख मानिसको मृत्यु भैसकेको छ।